Home विश्व श्रीमतीको टाउको छिनाएर एक हातमा टाउको अर्कोमा चक्कु लिएर सडकमा घुमिरहे…

श्रीमतीको टाउको छिनाएर एक हातमा टाउको अर्कोमा चक्कु लिएर सडकमा घुमिरहे…

प्रदिपले आफ्नो घरबाहिर प्रदिपले आफ्नी पत्नी मनिक्रान्तिको चक्कुले घाँटी काटेर हत्या गरे । त्यसपछि उनी एउटा हातमा टाउको अर्को हातमा चक्कु लिएर घुमिरहे ।

803
0
SHARE

आन्ध्र प्रदेशको विजयवाडामा हत्याको यतो घटना सिसिटिभीमा रेकर्ड भएको छ जसको बारेमा सुन्दा पनि आङ सिरिङग हुन्छ । यहाँका प्रदिप कुमार नामका व्यक्तिले पहिले श्रीमतीको हत्या गरे त्यसपछि उनको टाउको छिनाए । यति हुँदा पनि उनको रिस शान्त नभएपछि उनी एक हातमा पत्नीको काटिएको टाउको र अर्को हातमा चक्कु लिएर घुमिरहेका सडकमा थिए ।
प्रदिपको हातमा महिलाको काटिएको टाउको देखेर मानिसहरु निकै डराए । यो पूरै घटना सिसिटिभीमा रेकर्ड भयो । यो घटना विजयवाडाको श्रीनगर क्षेत्रको भएको आज तकको समाचारमा उल्लेख छ । समाचारअनुसार आइतबार प्रदिपले आफ्नो घरबाहिर प्रदिपले आफ्नी पत्नी मनिक्रान्तिको चक्कुले घाँटी काटेर हत्या गरे । त्यसपछि उनी एउटा हातमा टाउको अर्को हातमा चक्कु लिएर घुमिरहे । रिपोर्टअनुसार उनले हत्यापछि पत्नीको काटिएको टाउको नहरमा फालिदिए र आफैं प्रहरी चौकी गएर आत्मसमर्पण गरे । उनीहरुको बिहे ५ वर्ष पहिले भएको बताइएको छ । हत्या भन्दा अगाडि मनिक्रान्तिले प्रदिपविरुद्ध घरेलु हिंसाको मुद्दा हालेपछि उनीहरुबीच खटपट भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here