Home विश्व अस्पतालमा वकिलहरुको समूहले तोडफोड, तीन जना बिरामीको उपचार अभावमा मृत्यु…

अस्पतालमा वकिलहरुको समूहले तोडफोड, तीन जना बिरामीको उपचार अभावमा मृत्यु…

366
0
SHARE

पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा वकिलहरुको समूहले तोडफोड गरेको छ । उनीहरुले लाहोरको पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दा उपचार नपाएर केही बिरामीको मृत्यु भएको छ ।
त्यहाँका एक जना डाक्टरले वकिल साथीलाई आक्रमण गरेको बदलामा उनीहरुले बुधबार अस्पतालमा तोडफोड गरेका हुन् । बुधबार ठूलो संख्यामा आएका वकिलहरुले अस्पतालमा तोडफोड गर्नुका साथै केही सवारी साधनमा आगजनी गरेका थिए ।पाकिस्तानको पञ्जाब प्रान्तका स्वास्थ्य मन्त्री यास्मिन राशिदलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेअनुसार तीन जना बिरामीको उपचार अभावमा मृत्यु भएको हो ।यो घटनामा संलग्न भएको भन्दै प्रहरीले ४० जना वकिललाई नियन्त्रणमा लिएको छ ।

SOURCESandeshnepal.com
SHARE
Previous articleआज – २६ मंसिर २०७६ बिहिवार को राशिफल…
Next articleधान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै…
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here