Home विश्व संगीतकर्मी संघका महासचिव बिक्रम शाह कोभिड १९ हिरो अवार्डबाट सम्मानित …

संगीतकर्मी संघका महासचिव बिक्रम शाह कोभिड १९ हिरो अवार्डबाट सम्मानित …

314
0
SHARE

राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा विपद व्यवस्थापन समितिका संयोजक चलचित्र निर्माता, युवा समासेबी गायक विक्रम जंग शाह कोभिड १९ हिरो अवार्डबाट सम्मानित भएका छन् ।
हामी नेपाली ग्लोवल नामक संस्थाले सो सम्मान गरेको हो । बिश्व महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसका कारण विपतमा परेका कलाकर्मी, रंगकर्मी, भिन्न क्षमता भएका व्यक्ति, बालबालिका, महिला, असहाय, बिपन्न, मजदुर लगायतका बिभिन्न पेशा व्यवसाय गरी बस्ने व्यक्तिहरुलाई बिभिन्न संघ संस्थाको सहयोग र राष्ट्रिय संगीतकर्मी संघको समन्वयमा राहत उपलब्ध गराउन उपत्यका लगायतका क्षेत्रमा आफ्नो ज्यानको प्रबाह नगरी अहोरात्र खटिई सहयोग गरेको हुनाले सम्मान स्वरुप सो अवार्ड प्रदान गरिएको छ ।
सो सम्मानबाट आफुलाई सामाजिक काममा लाग्न प्रेरणा मिलेको र आगामी दिनमा पनि निरन्तर रुपमा मानविय सहयोगका लागी समर्पित हुने शाहको प्रतिवद्धता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here