Home Uncategorized नयाँ सरकार बनाउन विपक्षीले बुझायो पत्र : गण्डकी प्रदेश

नयाँ सरकार बनाउन विपक्षीले बुझायो पत्र : गण्डकी प्रदेश

६० सदस्यीय प्रदेश सभामा नेकपा (एमाले)का पक्षमा अहिलेसम्म स्वतन्त्र १ गरी २८ सांसद छन् । विपक्षी गठबन्धनतिर नेपाली कांग्रेसका १५, माओवादी केन्द्रमा ११, जनर्मोचाका तीन र जसपाका २ गरि ३१ सांसद छन् ।

427
0
SHARE

गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् ।
विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना नै नगरि राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।
६० सदस्यीय प्रदेश सभामा सभामा नेकपा (एमाले)का पक्षमा अहिलेसम्म स्वतन्त्र १ गरी २८ सांसद छन् । विपक्षी गठबन्धनतिर नेपाली कांग्रेसका १५, माओवादी केन्द्रमा ११, जनर्मोचाका तीन र जसपाका २ गरि ३१ सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here