Home देश बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना…

बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना…

पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ ।

128
0
SHARE

पर्सि बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् सजिना शाक्यकाअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्म भएको छ ।
राम्रोसँग घाम नलाग्दा चिसो बढेको छ । काठमाण्डौमा आज हिजोभन्दा पनि चिसो छ । काठमाण्डौको न्यूनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here