Home राजनीति भीम रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने…

भीम रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने…

58
0
SHARE

नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने बताउनु भएको छ ।
मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो । यस्तै, उहाँले सदस्यता वितरण नवीकरण र प्रतिनिधि छनोटमा गलत काम भइरहेको पनि टिप्पणी गर्नु भएको छ ।
एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा रावल र अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिस्पर्धा छ । अहिले अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान हुँदैछ । महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here