Home देश आजको मौसम: वर्षादेखि हिमपातको सम्भावना…

आजको मौसम: वर्षादेखि हिमपातको सम्भावना…

131
0
SHARE

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही कारण हाल देशभर आंशिक बदली रहेको छ ।
यसैगरी महाशाखाका अनुसार मंगलबार दिउँसो पनि देशभर आंशिक बदली रहने छ। यस्तै, राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ ।
सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमान उल्लेख छ ।

SOURCESANDESH NEPAL
SHARE
Previous articleमङ्सिर १९ गतेदेखि बाघ गणना गरिने…
Next articleजीप दुर्घटनामा चार जनाको मृत्यु, तीन घाइते…
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here