Home आर्थिक पत्रकारलाई उपचार खर्च र सुत्केरीभत्ता प्रदान गर्ने निर्णय…

पत्रकारलाई उपचार खर्च र सुत्केरीभत्ता प्रदान गर्ने निर्णय…

145
0
SHARE

प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरूलाई औषधी खर्च र महिला पत्रकारहरूलाई सुत्केरी भएको अवस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ । संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ति व्यतीत गरिसकेको भए पनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकोले प्रेस संगठन मकवानपुरले अग्रज पत्रकारहरूको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । यसैगरी सुत्केरी अवस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै संगठनले सुत्केरी भत्ता दिने निर्णय गरेको अध्यक्ष थापाको भनाई छ ।
प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस सेन्टर वाग्मती प्रदेश अध्यक्ष यदु गौतम, पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ वाग्मती महासचिव कृष्णसारु मगर लगाउएतको उपस्थिती रहेको थियो ।

SOURCESANDESH NEPAL
SHARE
Previous articleविदेशी मुद्राको विनिमय दर सार्वजनिक…
Next articleनवलपरासीमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु…
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here