Home खेलकुद स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी…

स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी…

122
0
SHARE

स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी भएका छन् ।
सेभियाले क्याडिजलाई १–० गोलले हरायो । सेभियाको जितमा लुकास ओकम्पासले खेलको ५८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
जितसँगै सेभियाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको अङ्क दूरी छोट्याएको छ । सेभियाको १९ खेलमा ४१ अङ्क छ । रियल म्याड्रिडको २० खेलमा ४६ अङ्क छ । १४ अङ्क रहेको क्याडिज पुछारबाट दोस्रो स्थानमा छ ।
अर्को खेलमा एट्लेटिको क्लबले ओसासुनालाई ३–१ ले हराएको छ ।
एट्लेटिकोका ओइहान सान्सेटले ह्याट्रिक गरेका हुन् । ओसासुनाका किकेले एक गोल फर्काए । जितसँगै एट्लेटिको क्लब २० खेलमा २७ अङ्क जोडेर अङ्कतालिकाको १०औँ स्थानमा रहेको छ । समान खेलमा २२ अङ्क रहेको ओसासुना १४औँ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here