Home विश्व कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

141
0
SHARE

कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो । सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतसहित आठ जिल्लामा बालबालिकालाई लगाइने फाइजर खोप अभियान रोकिएको थियो । ती जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि खोप लगाउने तयारी थियो । बालबालिकाका लागि लगाउने ६ लाख ६४ हजार ५६० मात्रा फाइजर खोप आइसकेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सिरिन्ज आइसकेकाले स्थगित गरिएको फाइजर खोप सञ्चालन गरिने बताए ।

SOURCESANDESH NEPAL
SHARE
Previous articleतनहुँमा नवजात शिशुसहित दुई जना मृत फेला…
Next articleयी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here