Home देश नेपालगञ्‍ज आउँदै गरेको बस दुर्घटना, १३ जना घाइते

नेपालगञ्‍ज आउँदै गरेको बस दुर्घटना, १३ जना घाइते

725
0
SHARE

नेपालगन्ज : बाँके बैजापुरबाट नेपालगञ्‍ज आउँदै गरेको बस पूर्वपश्चिम राजमार्गको अगैयादेखि तीन किलोमिटर पश्चिममा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ।

राप्तीसोनारी गाउँपालिकाको बैजापुरबाट आइतबार बिहान नेपालगन्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी यज्ञप्रसाद भट्टराईका अनुसार घाइतेहरुलाई उद्दार गरी उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाइएको छ। दुर्घटनाका कारण बिहान दुई घण्टासम्म पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्व भएको छ।

केहीबेर अघि बसलाई सडकबाट हटाएर राजमार्ग खुलाइएको र घाइतेको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको डीएसपी भट्टराईले बताए। सामान्य घाइतेहरुको प्रथामिक उपचार गरी पठाइसकेको छ। यसैबीच दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि कुनै पनि कमी हुन नदिन बाँके प्रदेशसभा सांसद कृष्णा केसी नमुनाले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

SOURCEANNAPURNAPOST
SHARE
Previous articleतेस्रो लिङ्गीका यस्ता छन् दुःख
Next articleकिन यस्ती भा की नेपाली नायिका साम्राज्ञी ?
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here