Home Uncategorized प्रकाण्डलाई रिहा गर्ने आदेश

प्रकाण्डलाई रिहा गर्ने आदेश

896
0
SHARE

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतले सोमबार आदेश दिएको छ ।
प्रकाण्डका छोरा वीरेन्द्र विश्वकर्माले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र चक्रबहादुर जोशीको इजलासले यस्तो आदेश दिएको हो ।
न्यायाधीशद्वयको संयुक्तको इजलासले प्रहरीले विश्वकर्मालाई फौजदारी संहिता उलंघन गर्दै गरेको जनाउँदै तत्काल रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले आफ्नो आदेशपछि प्रहरीले तत्कालै पक्राउ गरेकोबारेमा पनि चासो व्यक्त गर्दै यसमा सरकारलाई ध्यानाकर्षण गराएको छ ।
राजनीतिक प्रतिसाेधमा काठमाडाैंकाे दक्षिणकालीबाट गत साउन २३ गते दुई कार्यकर्तासहित पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले पटक पटक रिहा गर्न आदेश दिइसकेको छ।
तर सर्वोच्चको आदेश कार्यान्वयन नहुँदै प्रहरीले विश्वकर्मलाई पक्राउ गर्ने गरेको छ । पक्राउ परेका प्रकाण्डलाई काठमाडौँ, काभ्रे र नुवाकोटमा लगेर विभिन्न अभियोगमा मुद्दा चलाइएको हो ।
अहिले प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा राखेको छ। त्यहाँबाट उनलाई सरकारले भोजपुर र कालिकोट लैजाने तयारी गरेको छ।

SOURCESandeshnepal.com
SHARE
Previous articleपुल भासीए पछी गाडी चलाउन बन्द…
Next articleप्रेमीले धोका दीएको भन्दै हवाइ फायर
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here