Home विश्व राष्ट्रपति सिरिसेनाद्वारा संसद निलम्बन

राष्ट्रपति सिरिसेनाद्वारा संसद निलम्बन

473
0
SHARE

काठमाडौ– हिजोमात्रै प्रधानमन्त्री परिवर्तन गरेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज त्यहाँको संसद निलम्बन गरेका छन।

शुक्रबार सिरिसेनाले प्रधानमन्त्री रहेका रानिल विक्रमासिङ्गेलाई वर्खास्ता गर्दै पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए। राजनीतिक संक्रमणका बीच प्रधानमन्त्रीमाथि शाक्ति प्रायोग गरेको २४ घण्टा नवित्तदै उनले संसदसमेत निलम्बन गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

वर्खास्त गरिएका रनिल विक्रमासिङ्गेले संसदका सभामुखसमक्ष आफू प्रधानमन्त्री कायमै रहेको जिकिर गर्दै बहुमत प्रमाणित गर्न संसद बैठक आह्वान गर्न आग्रह गरेका थिए। यो आग्रहपछि राष्ट्रपतिले संसद निलम्बन गरेका हुन्।

सिरिसेनाका पछिल्ला कदमले श्रीलंकामा संवैधानिक संकट आइपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ। २२५ सदस्यीय श्रीलंकाको संसदमा आफ्नो बहुमत कायमै रहेको भन्दै विक्रासिङ्गेले राष्ट्रपति को पछिल्लो कदम गैरकानुनी भएको बताएका छन्।

SOURCE/nagariknews.nagariknetwork.com/news/56644/
SHARE
Previous articleअन्योलमा संसद् बैठक
Next articleसाफ यु-१५ : पाकिस्तान सेमिफाइनलमा भुटानलार्इ पराजित गर्दै
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here